दफा ९
समितिलाई मुलतबी राख्ने नेपाल सरकारको अख्तियार
यो ऐन बमोजिम गर्नु पर्ने काम गर्न असमर्थ ठहराएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिलाई मुलतबी राखी त्यसको ठाउँमा यो ऐन बमोजिम समितिको काम संचालन गर्न कुनै व्यक्ति वा संस्थालाई मुकरर गर्न सक्नेछ र त्यस्ता व्यक्ति वा संस्थाले यो ऐन र यस अन्तर्गत बनेका नियमहरू अन्तर्गत गरेको सबै काम कारबाई यो ऐन बमोजिम समितिले गरे सरह मान्यता दिइनेछ ।